कतारको दोहाका लागि उडेको विमान कराँचीतर्फ डाइभर्ट, यात्रुको ज्यान बचाउन सकिएन

काठमाडौं । दिल्लीबाट दोहा जाँदै गरेको इन्डिगो एयरको विमानमा एक यात्रु बिरामी भएपछि कराँचीमा आकस्मिक अवतरण गराइएको छ ।
इन्डिगोले जारी गरेको वक्तव्यलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले यो जानकारी दिएको हो । तर, बिरामी यात्रुको ज्यान भने बचाउन सकिएन ।
Doha bound IndiGo flight diverted to Pakistan’s Karachi due to a medical emergency onboard, says an airline official to ANI. pic.twitter.com/KuVJoIJmwm
— ANI (@ANI) March 13, 2023
एयरलाइन्सले भन्यो, “यो जानकारीले हामीलाई गहिरो दुःख लागेको छ र मृतकका परिवारसँग हाम्रो समवेदना छ। अहिले हामी सम्बन्धित निकायसँग समन्वय गरी अन्य यात्रुहरूलाई अर्को उडानमा पठाउने व्यवस्था मिलाउँदैछौँ।”
प्रतिक्रिया
Facebook Comment