म्यानमारको सेनाले ३० जनाभन्दा बढीको नरसंहार गरेको आरोप

डिसी नेपाल
२९ फागुन २०७९ १४:४७
48
Shares

काठमाडौं । म्यानमारको सैन्य सरकारविरुद्ध लडिरहेको एउटा सशस्त्र समूहले सेनाले ३० जनाभन्दा बढीको हत्या गरेको जनाएको छ ।

देशको दक्षिणी भागमा रहेको शान प्रान्तमा रहेको एक बौद्ध विहारमा यी मानिसहरू शरण लिएका थिए ।

जुन ठाउँमा यो घटना भएको हो, त्यो क्षेत्र शान प्रान्तको राजधानी नेपिताव र छिमेकी देश थाइल्याण्डको सिमानामा पर्छ।

दुई वर्षअघि म्यानमारमा निर्वाचित सरकारलाई ध्वस्त पारेर सेनाले देशको कमान्ड हातमा लिएपछि यो क्षेत्र चरम द्वन्द्वको साक्षी बनिरहेको छ ।

सशस्त्र समूह करेन्नी नेशनलिटीज डिफेन्स फोर्सले जारी गरेको भिडियोमा नाम निन गाउँमा रहेको बौद्ध विहारको अगाडि कम्तिमा २० वटा शव देख्न सकिन्छ ।

यीमध्ये केही शवहरूमा भगवा लुगाहरू छन् जुन परम्परागत रूपमा बौद्ध भिक्षुहरूले लगाउने गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *