निजी व्यवसायीलाई सरकारी कम्पनिजस्तै व्यवहार गर्ने चीनका नयाँ प्रधानमन्त्रीको आश्वासन

डिसी नेपाल
२९ फागुन २०७९ १५:३३

काठमाडौं । चीनका नयाँ प्रधानमन्त्री ली कियाङले कमजोर बन्दै गएको अर्थतन्त्रलाई सम्हाल्नका लागि देशका निजी व्यवसायीलाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।

ली कियाङले आफ्नो विज्ञप्तिमा निजी व्यवसायीलाई सरकारी कम्पनीहरूले जस्तै व्यवहार गरिने बताएका छन्।

प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा ली कियाङले सबै तहका अधिकारीहरुलाई व्यवसायीलाई ‘मित्र’ बनाउन आग्रह गरेका छन् ।

विगतका वर्षहरूमा चिनियाँ नेता सी जिनपिङ ठूला सरकारी कम्पनीहरूको पक्षमा देखिएका छन्।

विशेष गरी चीनका निजी प्रविधि कम्पनीहरूमा सरकारबाट धेरै दबाब परेको छ।

अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी ली कियाङलाई दिइएको छ।

कडा कोभिड प्रोटोकलका कारण चीनको अर्थतन्त्रलाई धेरै नोक्सान भएको थियो।

गत वर्ष मात्रै त्यहाँ कोभिडसँग सम्बन्धित कडा नियम र कानुन खारेज गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *