३३ हत्याको आरोपमा १३१० वर्ष कैद, गुन्डा नाइकेलाई यस्तो खतरनाक सजाय

काठमाडौं । ल्याटिन अमेरिकी देश एल साल्भाडोरमा ३३ वटा हत्या, नौ हत्याको षड्यन्त्र र अन्य आपराधिक गतिविधिमा दोषी ठहर भएका एक गुण्डा नाइकेलाई १३१० वर्षको जेल सजाय सुनाइएको छ । विल्मर सेगोभिया नामको यो ग्याङ्स्टर एमएस-१३ गिरोहको सदस्य रहेको बताइएको छ।
विल्मर बाहेक अर्का ग्याङ्गस्टर मिगुएल एन्जेल पोर्टिलोलाई पनि २२ हत्यामा ९४५ वर्षको सजाय सुनाइएको छ । मिगुएल विरुद्ध ज्यान मार्ने प्रयास, आगजनी र जबरजस्ती करणीका धेरै मुद्दा दर्ता छन्। यी सजायलाई एल साल्भाडोरमा हालसम्मकै सबैभन्दा कडा सजायको रूपमा वर्णन गरिएको छ।
एल साल्भाडोरमा यी कठोर सजायहरू देशका राष्ट्रपति, नायब बुकेलेको प्रयासको परिणाम हो, जसमा उनले देशमा फस्टाउँदै गएका यी गिरोहहरू विरुद्ध अभियान सुरु गरेका छन्। देशका कारागारमा कैयौं खतरनाक गुण्डाहरू बन्द छन् । केही दिनअघि सरकारले हजारौं गुण्डालाई पनि मेगा जेलमा सारेको थियो । यसको जानकारी राष्ट्रपति आफैले ट्विट गरेका हुन् ।
एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले २४ फेब्रुअरीमा ट्वीट गरेका थिए कि आज हामीले २ हजार गैंगस्टरहरूलाई स्थानान्तरण गरेका छौं। उनीहरूलाई नयाँ मेगा जेलमा राखिएको छ, जहाँ उनीहरू दशकौंसम्म सीमा पर्खालभित्र बस्नेछन् र आम जनतालाई कुनै हानि गर्न सक्ने छैनन्।
यस मेगा जेलमा करिब २००० गुण्डालाई सारिएको जानकारी गराइन्छ । ४० हजार कैदी राख्ने क्षमता भएको यो जेल अमेरिकाको सबैभन्दा ठूलो जेल मानिन्छ ।
Facebook Comment