क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान {भिडियो}

डिसी नेपाल
८ चैत २०७९ १३:५७

काठमाडौं । नेपाल खेलकूद महासङ्घ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई आज यहाँ नगद सहित सम्मान गरेको छ।

महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई जनही नगद रु २५ हजार सहित सम्मान गरेका हुन् ।

राजवंशी र कँडेलले नेपालको क्रिकेटलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गरिएको बताउँदै उनले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने विचार राखेका छन् । महासङ्घका मोरङ अध्यक्ष मनोज खड्का र सचिव अनन्त बस्नेतले खेलाडी देशका लागि गौरव भएको विचार व्यक्त गरे । सो अवसरमा नेपाल क्रिकेट संघको कोषाध्यक्ष रोशन वहादुर सिह, राजवंशीका वुवा आमालाई समेत सम्मान गरिएको थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *