लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन {भिडियो}

डिसी नेपाल
९ चैत २०७९ १५:३८

काठमाडौं । लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंम विरोध प्रदर्शन गरेको छ । लघुवित्तिय संस्थाहरुका कारण सर्वसाधारणहरु पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थान लघुबित्तको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर, जनताको जीवनशैली सहज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरु बितिय संस्थाबाट पिडित रहेको बताउनुभयो । उहाले लघुवित्तिय संस्थाहरुले ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिए ।

लघुवित्तिय संस्थाहरुका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुदै आएको छ ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *