दुई म्युचुअल फण्डले पाए निष्काशन अनुमति

डिसी नेपाल
१३ चैत २०७९ १४:५८
84
Shares

 

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई म्युचुअल फण्डलाई निष्कासन अनुमति दिएको छ। बोर्डले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र आरबीबी म्युचुअल फन्डलाई निष्कासन गर्नको लागि अनुमति दिएको हो।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा सीबीआईएल क्यापिटल रहेको छ।

यसैगरी आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ले १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

यो म्युचुअल फन्डको योजना व्यवस्थापनमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *