बर्दिवासदेखि काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितले दिए धर्ना (भिडियो)

डिसी नेपाल
१४ चैत २०७९ १५:००

काठमाडौं । बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतिघरमा धर्ना दिएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले मिटर व्याजर विरुद्ध कानून निर्माण गर, झुटा मुद्धामा गिरफ्तार गरिएका पिडितलाई रिहा गर, मिटर व्याज विरुद्ध कानून निर्माण गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, पिडितलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मिटरब्याज पीडितहरु माइतिघरमा धर्नामा बस्न सुरु गरेपछि बिभिन्न संघ संस्था तथा दलका नेताहरु ऐकवद्धता जनाउन पुगेका छन् । सो क्रममा मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको थियो । शाहीले आफुहरु वास्तविक पिडितको पक्षमा भएको भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *