लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुको अनसन सुरु (भिडियो)

डिसी नेपाल
२१ चैत २०७९ १४:१२

काठमाडौं । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरिएको हो ।

उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन् ।

संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले आफ्ना माग पुरा नभएसम्म अनिश्चितकालीन अनसन सुरु गरिएको र बिभिन्न जिल्ला स्थीत प्रशासन कार्यालयहरुमा पनि धर्ना कार्यक्रम राखिएको जानकारी दिएका छन् । उनले लघुवित्त संस्थाहरुले मुनाफा केन्द्रीत लगानी गरेर जनतालाई मारमा गरेको गुनासो गरेका छन् ।

हेर्नुहोस् भिडियो:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *