वाणिज्य महासंघको निर्वाचनका लागि अन्जन श्रेष्ठले गरे प्रतिवद्धता पत्र सार्वजनिक (भिडियो)

डिसी नेपाल
२२ चैत २०७९ १४:४६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले आफ्नो समूह घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै श्रेष्ठले चूनौतिपूर्व आर्थिक संकट र व्यवसायीहरुको अवस्था सुधार गर्न महासंघमा सवल नेतृत्व आवश्यक रहेको बताए। उनले बस्तुगततर्फको उपाध्यक्ष पदमा रहदा आफुलाई हौसला प्रदान गरेको र अनुभवका आधारमा नेतृत्व उन्मुख हुन चाहेका जिकिर गरे। पिडा सुनाइरहने र सरकारका तर्फबाट उचित सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार्न आफु लाग्ने उनले बताएका छन् ।

महासंघको कार्यक्षमता र प्रभावकारिता बढाउन प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्दै दोहोरो कर प्रणालीमा सुधार, व्यवसाय दर्ता सञ्चालन र खारेजी प्रक्रियामा सहजता, घरेलु तथा साना उद्योग तथा व्यवसायहरूको समस्या समाधानका लागि महासंघ र स्थानीय सरकारहरूसँगको सहकार्यलाई विशेष जोड दिने श्रेष्ठले बताएका छन्।

उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा सुधारका लागि यथासक्य प्रयत्न गर्ने र यसका लागि गुणस्तरीय ऊर्जा, यातायात, डिजीटलाइजेसन तथा प्रबिधिको उच्चतम प्रयोग र अन्य आवश्यक पूर्वाधारको विकास गरी व्यावसायिक लागत कम गर्न निजी क्षेत्रको तर्फबाट सशक्त हस्तक्षेप गर्ने जिकिर गरे।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *