कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्सेः विश्वप्रकाश शर्मा
फाइल फोटो
तनहुँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए।
“कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो,” महामन्त्री शर्माले भने।
महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभइ सधैँ सम्मान गर्नुपर्ने बताए । “एकदिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन, आमा त भगवान हुन् सधैँ सम्मान गर्नुपर्छ,” शर्माले भने।
महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमानेको चर्चा गर्दै भने, “उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।”
महामन्त्री शर्माले संसद् नहुँदा पनि यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसदमा पु¥याएर भट्टराईको विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताए ।
सो अवसरमा उम्मेदवार भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए संसद्मा आमा, दिदीबहिनीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाए। भट्टराई आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उहाँले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment