भारतको हरिद्वारबाट स्याङ्जाका ७० वर्षीय वृद्ध वेपत्ता, खोजी गरिदिन अपिल

सुबास बस्नेत
१६ जेठ २०८० १३:१३

नयाँ दिल्ली। पुतली बजार नगरपालिका-१ , स्याङ्जा निवासी ७० वर्षीय डोलराज रेग्मी १० दिनदेखि भारतको उत्तरखंड राज्यको हरिद्वारबाट हराएका छन्।

चारधाम दर्शनको लागि २१ जनाको समूह नेपालबाट हिँडेको थियो। १७ मई २०२३ को हिँडेर १९ मई २०२३ मा साे समूह हरिद्वार पुगेको यात्रु लिएर आउने मोहन आचार्यले बताए।

१९ मई २०२३ को करिव ११ बजेको मन्सादेवी दर्शनको लागि केवलकारको टिकट काट्ने समयमा ७० वर्षीय डोलराज रेग्मी र उनकी धर्मपत्नी बेलकुमारी रेग्मी समूहबाट छुटेको आचार्यले बताए।

उनीहरू सम्पर्कविहीन भएकाे थाहा पाएपछि छोरा प्रकाश रेग्मी, प्रवासी नेपली संघ भारतका केन्द्रीय सदस्य भतिज जुद्द जीटी लगायत छ जनाको टोली २५ मईको हरिद्वार पुगेर खोजी गर्दा २७ मईको पथरी थाना, जनपथ हरिद्वारबाट पत्नी बेलकुमारी रेग्मी सकुसल फेला परेकाे तर पती डाेलराज भने बेपत्ता भएका हुन्।

पथरी थाना, जनपथ हरिद्वार प्रहरी थानामा हराएको रिपोर्ट लेखाइएको छ। हरिद्वार र ऋषिकेशमा प्रहरीले खोजतलास जारी राखेको छ। सिसी टिभी फुटेजबाट निगरानी गरिएकाे छ। तर अहिलेसम्म ७० वर्षीय डोलराज रेग्मी सम्पर्कमा आएका छैनन्।

छोरा प्रकाश रेग्मी र प्रवासी नेपली संघ भारतका केन्द्रीय सदस्य भतिज जुद्द जीटी भारतमा रहेका नेपाली संघ संस्था विशेष गरि हरिद्वार उत्तरखंडमा कार्यरत समाजसेवी तथा संघ संस्थालाइ खोजी गरिदिन अपिल गरेका छन्।

खैरो टिसर्ट, नेपाली पाइन्ट लगाएका, उमेर ७० र नाम डोलराज रेग्मी बताउने वृद्ध कतै फेला परेमा ९८४७०६०७७०, ९८५७०२३५८८ (नेपाल), ९८७१७१६४, ७९८०८३५९५५ (भारत) मा सम्पर्क तथा नजिकको प्रहरी कर्यालयमा सम्पर्क गरिदिन परिवारले अपिल गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *