कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छन्।
शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरि कमाएर बस्ने प्रवृति भन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन्।
राजनीतिमा गएर जुका जस्तो टासिएर तीन पुस्ता, चार पुस्तालाइ पुग्ने प्रवृतिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ। उनले गरिब जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिईरहनुपर्ने प्रवृति पनि समाप्त हुनुपर्ने जिकिर गरिन्।
उनले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन्।
त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको धारणा राखे। उनले भ्रष्टाचार बिरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई शसक्त रुपमा अघि बढाउनुपर्ने बताए।
उनले संघीयता संगै भ्रष्टाचार बिकेन्द्रीकरण हुने संभावनामा सजक रहनुपर्ने उल्लेख गरे। सदनमा भ्रष्टाचार र अनियमिताका बारेमा आवाज उठाउदा डराउनुपर्ने अवस्था आएको उनको भनाइ छ।
उनले भ्रष्टाचारका बिषयमा सांसदले संसदमा आफ्नो पार्टी भन्दा पनि माथि उठेर बोल्न पाउनुपर्ने बताए।







डिसी नेपाल







Facebook Comment