भारतीय टोलीको कञ्चनपुरमा अनाधिकृत नापजाँच बारे सांसदले गराए सरकारको ध्यानाकर्षण
काठमाडौं। रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कन्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्राविधि टोली नेपाल प्रवेश गरेर भूमि नापजाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् ।
१ असारमा भारतीय प्राविधि टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू–भाग नापजाँच गरेको भन्दै उनले यसबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment