इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
काठमाडौं। मुस्लिम धर्मावलम्बीको मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) आज देशभर मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ। यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ।
मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन्। यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई (बली) दिने गर्दछन्। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।







डिसी नेपाल







Facebook Comment