कैलाश पर्वतको दर्शनका लागि लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ बाटो बनाउँदै
पिथौरागढ। भगवान शिवको घर मानिने कैलाश पर्वत अब भारतबाट हेर्न सकिने भएको छ।
यसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीय मिडियाहरूले जनाएका छन्। जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिन्छ। यहाँबाट हिमालको हवाई दूरी ५० किलोमिटर छ। जहाँसम्म पुग्नका लागि अब दुइवटा बाटो बनाउने तयारी गरिएको भारतीय मिडिया दैनिक भाष्करले लेखेको छ।
सो मिडियाका अनुसार यो नयाँ दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका हुन्। गाउँलेको जानकारीमा अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्था, दर्शनस्थलसम्म पुग्ने बाटोलगायत अन्य व्यवस्थाको सर्वेक्षण गरिसकेको छ। र, उनीहरुले पर्यटन मन्त्रालयमा प्रतिवेदन पनि बुझाउँदै छन्।
विज्ञ टोलीमा आएकी कृति चन्दले लिपुलेकको पहाड जहाँबाट देखिने पहाड नाभिडङभन्दा २ किलोमिटर माथि रहेको बताइन्। उनका अनुसार यहाँबाट ४–५ दिनको यात्रा गरेर कैलाश हिमालको दर्शन गर्न सकिन्छ। भक्तजनहरु सडकबाट धार्चुला र बुढी हुँदै नाभिडाङ पुग्नु पर्नेछ। यसपछि दुई किलोमिटरको आरोहण पैदल यात्रा गर्नु पर्नेछ।
पुरानो लिपुलेक पुग्न २ किलोमिटर चढ्नुपर्छ, जुन सजिलो नभएको पर्यटन विभागले जनाएको छ। यहाँसम्म पुग्न बाटो पनि बनाउन सकिने भन्दै सर्बे सुरू गरिएको छ।
यसैगरी, पिथौरागढकै जेओलिंकाङ भन्दा २५ किलोमिटर माथि रहेको लिम्पियाधुरा चुचुरोबाट कैलाश हिमाल देख्न सकिने स्थानीय बासिन्दाले दाबी गरेका छन्।
लिम्पियाधुरा शिखर नजिकै ओम पर्वत, आदि कैलाश र पार्वती सरोवर रहेका छन्। यहाँबाट कैलाश हिमाल देखेपछि यस क्षेत्रमा धार्मिक पर्यटनको दायरा बढाउने गरी कार्य अघि बढाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment