चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य करिब १० करोडको हारहारीमा

डिसी नेपाल
१५ असार २०८० १३:४५
76
Shares

बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन्। सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ। जुलाई १ मा चिनिया कम्यनिष्ट पार्टीको १०२ औं स्थापना दिवसको पूर्व सन्ध्यामा सो जानकारी दिइएको हो।

तथ्यांक अनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको पाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *