पाँच दिनसम्म पनि दंगा नरोकिए पछि फ्रान्सेली राष्ट्रपतिले भने- ‘टिकटकले दंगा बढायो’

डिसी नेपाल
१६ असार २०८० १२:११
332
Shares

पेरिस। फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोनले टिकटक जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु पर्ने जनाएका छन्।

एक अरबी मुलका किशोरको प्रहरीले गोली हानी मारे पछि फैलिएको दंगामा टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग भएको भन्दै प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको हो। यो प्रस्ताव उनले आपतकालिन बैठकमा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दंगा रोक्न सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। म्याक्रोनले आफ्नो आपतकालीन बैठक पछि भने, ‘स्नापच्याट र टिकटक जस्ता सोशल मिडिया प्लेटफर्महरूले दंगालाई बढावा दिन ठूलो भूमिका खेलेको छ।’ उनले आफ्ना छोराछोरीलाई घरबाहिर ननिस्कन अभिभावकलाई अपिलसमेत गरेका छन्।

फ्रान्समा प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएपछि सुरु भएको हिंसा र दंगाको आज पाँचौं दिन हो। फ्रान्सले शुक्रबार चौथो रातको लागि प्रदर्शनकारीहरूलाई सामना गर्न हल्का सशस्त्र सवारी साधनसहित ४० हजार प्रहरी तैनाथ गरिएको छ।

गएराति नै सयभन्दा बढी आन्दोलनकारी पक्राउ परेका छन्। यसरी हालसम्म ९ सयभन्दा बढी पक्राउ परेका छन्। नाहेल नामकी किशोरको हत्याको भिडियोले मानिसहरूलाई यसरी आक्रोशित बनाएको छ कि स्थिति अझै नियन्त्रणमा छैन।

यसैबीच मृतक किशोरीकी आमाले छोराले न्याय पाउनुपर्ने बताएकी छिन्। फ्रान्स–५ सँग कुरा गर्दै मृतक नाहेलकी आमा मौनिया एमले भनिन्, ‘मेरो छोरा मेरो जीवन थियो। उहाँ मेरो मुटु थियो। मेरो एक मात्र छोराको हत्या गर्ने प्रहरीसँग म धेरै रिसाएको छु। मेरो छोराले न्याय पाउनुपर्छ। कुनै पुलिसले बन्दुक लिएर हाम्रा बालबालिकालाई गोली हान्न सक्दैन, हाम्रा बालबालिकालाई मार्न सक्दैन्।’

अभियुक्त प्रहरी पक्राउ पर्दा पनि देश जलिरहेको छ। जनताको आक्रोश अझै रोकिएको छैन। आन्दोलनकारीले विद्यालय, कलेज, सिटी हल, टाउन हल, सामुदायिक केन्द्र, प्रहरी चौकी, मल र पसलमा आगजनी गरेका छन्। केही क्षेत्रमा कर्फ्यू लगाइएको छ भने केही क्षेत्रमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ। यातायात सेवा बन्द छ। सामाजिक सञ्जाल अनुगमन भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *