कविता
कविता : हावाको हुरी
हावा चल्छ हुरुहुरु कति छिटो, देखिन्न क्यै साथमा
आँखा छोप्दछु घरी घरी वरिपरी, पाउन्न क्यै साथमा।।
रुखै झुकाउने यो हुरीले, सबैलाई झुकाइ
कहाँ मोडिन्छ यो फेरि, कुनै थाहै नपाई।।
सारा जगत बडारियो, धुलो मैलो सबैतिर
वायुमण्डल बन्यो मैलो एकैछिन अघिल्तिर।।
उभिएँ एकान्तमा एक्लै कसैले धकेले सरी
कसको साथ खोजौं खै कोही छैन वरिपरी।।
चरा हुरीको जस्तै म भएँ अलपत्रमा
सकिन अडी उभ्भिन एकै छिन कुचक्रमा।।
हावा! तिमी भन्देउ निमित्त भई नाममा
त्यही हुरी पनि जान्छ, कहाँ अज्ञात ठाउँमा।।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment