कविता : सपार्ने साँचो

शान्ता सुवेदी सिटौला
४ साउन २०८० १३:०२
1.9k
Shares

स्वर्ग जस्तो सुन्दर देशलाई कुरुप बनाउने।

भ्रष्टाचारी घुसखोरी मात्रै मोटाउने।।

नदी मिली बेची खाने नेता कमाउने।

विकासको नाममा किर्ते कागज बनाउने।।

 

वर्षभरि गर्ने काम साँची राखेर।

असारमा काम गर्छन् विकास भनेर।।

बाढी आउँछ विकास सबै लान्छ बगाएर।

ठेकेदार,कर्मचारी नेता मोटाएर।।

 

सरकारी ती संंरक्षित राम्रा ठाउँका जग्गा।

गणतन्त्र आएपछि लाग्न थाले बण्डा।।

आडपाई नेतागणको उच्च हाकिमको।

भूमाफियाले भाग मिलाउने पद अनुसारको।।

 

लुटी खाएको फुत्त निस्क्यो ललिताको काण्ड ।

हडपेको जग्गा जमिन एक एक गरी छान्दा ।।

जाली, नेता, कर्मचारी कानुनको जालमा।

देख्न आतुर जनता छन् थुनिएको जेलमा ।।

 

कस्तो व्यापार शरणार्थीको भुटानी बनाउने ।

देशको इज्जत स्वाहा पार्दै पैसा कमाउने ।।

धावा बोल्दा लुम्बिनी र माता जानकीमा ।

मुद्दा लगाउने देशको लागि बोल्दा स्वाभिमानमा ।।

 

देशको इज्जत ख्याल छैन दीर्घ सोच छैन ।

देशको सीमा विभूतिको बारे बोल्या होइन ।।

जनताको चासो गुनासो सुनेको नै होइन ।

जनताको विश्वास जित्ने केही काम गरेको छैन ।।

 

दीर्घकालीन सोच राख्दै दिगो विकास गरे ।

स्वर्ग बन्छ नेपाल देश स्वच्छ नेता परे ।।

बालेन,हर्क गोपी जस्ता नेताको छ खाँचो ।

स्वच्छ नेता चुन्न जान्ने मतदाताको खाँचो ।।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *