भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्छः प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)

डिसी नेपाल
९ साउन २०८० १५:४३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताएका छन्।

मंगलबार इटलीको रोमका खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु संकट र द्वन्द्वले खाद्य समस्यालाई अझ बढाएको भन्दै भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताएका हुन्

दिगो भविष्यको लागि मार्ग प्रदान गर्न आधुनिक खाद्य प्रणालीहरु कमजोर रहेकाले खाद्य प्रणालीको रुपान्तरणको चुनौतीहरुलाई सम्बोधन गर्न सक्षम हुनुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री प्रचण्डले सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दिगो खाद्य श्रृंखला विकास गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

कृषि उत्पादकत्व सुधार गर्न, स्थानीय खेतीलाई समर्थन गर्न र फोहोर कम गर्नको लागि राम्रो भण्डारण प्रणालीमा लगानी गर्न पनि केन्द्रित रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले स्थानीय स्वदेशी खाद्य प्रणालीलाई पुनरुत्थान गर्नु समेत प्राथमिकतामा रहेको जानकारी दिएका छन्।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *