राप्रपा नेपालको केन्द्रीय समिति बैठक भाद्र ७ र ८ गते

डिसी नेपाल
२३ साउन २०८० १०:००

काठमाडौं। राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौंमा बोलाइएको छ। राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जीवनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाका प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। “यो बैठक पार्टीको भाबी कार्यदिशा र कार्ययोजनासहित सैद्धान्तिक बैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ” महामन्त्री बर्तौलाले भने।

संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए।

विभिन्न ब्यक्ति, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रबादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ, सहयोग र समर्थन लिने गरि पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाइएको छ।

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिबेदन, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदनसहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिबेदन पेश गर्नेछ। राप्रपा नेपालसँग एकताको लागि सडक संघर्ष न्युनतम बटमलाईन रहने स्रोतले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *