आज पनि राष्ट्रिय सभाको बैठक स्थगित (भिडियोसहित)

डिसी नेपाल
२६ साउन २०८० १२:४१

काठमाडौं।  नेकपा एमालेको अवरोधका कारण शुक्रबार पनि राष्ट्रियसभाको बैठक प्रभावित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि बैठक स्थगीत भएको हो । बैठकको सुरुमा केहि सांसदहरुले धारणा राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूचीका कार्यक्रमलाई अघि बढाउन खोज्दा एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

एमाले सांसदहरुले उठेर विरोध जनाएपछि आफुहरुले पनि बोल्न पाउनुपर्ने र कार्यसूचीलाई अघि बढाउनुपर्ने भन्दै सत्ता पक्ष सांसदहरुले पनि उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गर्दा पनि विरोधलाई निरन्तरता दिएपछि बैठक साउन ३१ गतेसम्मका लागि बैठक स्थगीत गरेका हुन्।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *