कैलालीकी एक महिलामा हैजा पुष्टि
धनगढी । कैलालीकी एक महिलामा हैजाको संक्रमण फेला परेको छ।
भदौ १० गते सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा एक महिलामा हैजाको संक्रमण देखा परेको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्गा नगरपालिका–११ मसुरियाकी ३३ वर्षीया महिलामा हैजाको संक्रमण देखिएको हो। ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment