आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट खेलमा नेपाल र बहराइन भिड्दै

डिसी नेपाल
१५ भदौ २०८० ९:४०
484
Shares

काठमाडौँ । आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ। पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा छ।

तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दै छ। नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *