भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य
काठमाडौं । एसिया कप–२०२३ मा भारतले पाकिस्तानसामु २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको पालेकेले रंगशालामा टस जितेर ब्याटिङ थालेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको हो।
भारतका लागि हार्दिक पान्ड्याले ८७ रन बनाए। पन्डयाले इशान किसनसँग १३८ रनको साझेदारी गरेका थिए। किसनले ८२ रन जोडे।
श्रेयस ऐयर र रवीन्द्र जडेजाले समान १४ रन बनाए। जसप्रीत बुमराहले १६, कप्तान रोहित शर्माले ११ र शुभमन गिलले १० रन जोडेका थिए।
पाकिस्तानका साहिन साह अफ्रिदीले चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३५ रन खर्चिए। ह्यारिस रौफ र नसिम साहले समान तीन विकेट झारे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment