एसिया कपमा भारतसँगको खेलअघि नेपाली प्रशिक्षक मोन्टी देसाइले के भने ?

डिसी नेपाल
१८ भदौ २०८० ११:१८

काठमाडौं । एसिया कपमा भारतसँगको महत्वपूर्ण खेलअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीको सपना साकार हुने बताएका छन् ।

नेपाल र भारतबीचको खेल आज सोमबार श्रीलंकाको क्यान्डीमा हुँदैछ । मोन्टी देसाईले भने, “हरेक पुस्ताको (नेपाली क्रिकेटको) सपना थियो कि एक दिन ठूला देशसँग खेल्ने । आज उनीहरूको सपना साकार हुँदैछ।”

नेपाली टोलीको पहिलो खेल पाकिस्तानसँग थियो । त्यो खेल पाकिस्तानको टोलीले २३८ रनले जितेको थियो ।

भारतको पहिलो खेल पनि पाकिस्तानसँग थियो । वर्षाका कारण उक्त खेल रद्द भएको थियो र दुवै टोलीले अंक बाँडेका थिए ।

नेपाल र भारतबीचको खेलमा पनि वर्षाको छायाँ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *