इतिहासमै पहिलो पटक नेपाली ब्याट्सम्यान अम्पायरले आउट दिएपछि रिभ्यु लिएर जोगिए

डिसी नेपाल
१८ भदौ २०८० १५:५७

काठमाडौं । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक नेपाली ब्याट्सम्यान अम्पायरले आउट दिइसकेपछि रिभ्यु लिएर जोगिएका छन् । फिल्ड अम्पायरले आउट दिइसकेका नेपाली ब्याटर कुशल भुर्तेल रिभ्यु लिएपछि थर्ड अम्पायरको निर्णयबाट नटआउट घोषित भएका छन् ।

एसिया कप अन्तर्गतको आज भारतविरुद्धको खेलमा भुर्तेल रिभ्यु लिएर जोगिएका हुन् । हार्दिक पाण्ड्याको बलमा उनलाई अम्पायरले आउट दिएका थिए । नेपालले अहिलेसम्म रिभ्यु उपलब्ध भएको खेल खेल्ने अवसर पाएको थिएन । तर, एसिया कपमा भने फिल्ड अम्पायरको निर्णय चित्त नबुझे रिभ्यु लिन पाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *