अम्पायरले आउट दिएका आसिफ पनि रिभ्युबाट जोगिए

डिसी नेपाल
१८ भदौ २०८० १६:४१

काठमाडौं । फिल्ड अम्पायरले एलबीडब्लु आउट दिइसकेका नेपाली ब्याटर आसिफ शेख पनि रिभ्युबाट जोगिएका छन् । कुलदीप यादवको बलमा फिल्ड अम्पायरले आउट दिएका आसिफ थर्ड अम्पायरको रिभ्युमा बल स्टम्पमा नलागेको देखिएपछि नटआउट घोषित भएका हुन् ।

यसअघि कुशल भुर्तेल पनि फिल्ड अम्पायरले आउट दिइसकेको अवस्थामा थर्ड अम्पायरले रिभ्यु गर्दा स्टम्पमा बल नलागेको देखिएपछि नटआउट घोषित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *