नेपालको १०० रन पूरा

डिसी नेपाल
१८ भदौ २०८० १६:४८

काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतविरुद्ध १०० रन पूरा गरेको छ । नेपालले २०.५ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो । अहिले नेपालका लागि ओपनर आसिफ शेख ४४ र कुशल मल्ल २ रन बनाएर खेलिरहेका छन् ।

यतिबेलासम्म नेपालले ३ विकेट गुमाएको छ । नेपाली कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका छन् । यसअघि नेपाली ब्याटर भिम सार्की ७ रन बनाएर आउट भएका थिए ।

पहिलो विकेट को रुपमा नेपाली ओपनर कुशल भुर्तेल आउट भएका थिए । भुर्तेलले २५ बल खेलेर ३८ रन बनाए । सुरुबाटै आक्रामक खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । अहिले अर्को इण्डमा आसिफ शेख २८ रन बनाएर खेलिरहेका छन् । ३० ओभरमा नेपालले ३ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *