आसिफ शेखको अर्धशतक

डिसी नेपाल
१८ भदौ २०८० १७:०८

काठमाडौं । भारतविरुद्ध नेपाली ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले ८८ बल खेलेर अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ७ चौका प्रहार गरे ।

२७.२ ओभरको खेल सकिँदासम्म नेपालले ४ विकेटको क्षतिमा ११४ रन बनाएको छ । आसिफ शेख ५० र गुलशन झा ७ रन बनाएर खेलिरहेका छन् ।

यसअघि नेपालले ४ विकेट गुमाइसकेको छ । पछिल्लो विकेटको रुपमा कुशल मल्ल २ रनमा आउट भएका थिए । नेपाली कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका छन् । यसअघि नेपाली ब्याटर भिम सार्की ७ रन बनाएर आउट भएका थिए ।

पहिलो विकेट को रुपमा नेपाली ओपनर कुशल भुर्तेल आउट भएका थिए । भुर्तेलले २५ बल खेलेर ३८ रन बनाए । सुरुबाटै आक्रामक खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । अहिले अर्को इण्डमा आसिफ शेख २८ रन बनाएर खेलिरहेका छन् । ३० ओभरमा नेपालले ३ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *