अर्धसतक बनाएका आसिफ आउट

डिसी नेपाल
१८ भदौ २०८० १७:२४

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भइरहेको छ । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले पाचौँ विकेट गुमाएको छ ।

२९.५ ओभरमा नेपालले पाचौँ विकेट गुमाउने क्रममा ओपनर आसिफ शेख आउट भए । उनले अर्धसतक प्रहार गरे । आसिफले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए । उनी मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच भए ।

चौथो विकेको रुपमा कुशल मल्ल ५ बलमा २ रन जोडेर आउट भए । उनी रविन्द्र जडेजाको बलमा मोहम्मद सिराजको हातबाट क्याच भए ।

यसअघि तेस्रो विकेट गुमाउने क्रममा २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका थिए । १६ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए । उनले १७ बलमा ७ रन जोड ।

नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

३० ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाएर १३४ रन जोडेको छ । छोटो समयका लागि वर्षाले प्रभावित बनेका खेल पुनः सुरु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *