नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित

डिसी नेपाल
१८ भदौ २०८० १७:५०

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित बनेको छ । नेपालले ३४ ओभरमा १५१ रन बनाएर खेलिरहँदा हल्का वर्षा भएसँगै खेल केहिबेरका लागि रोकिएको थियो ।

खेल पुनः सुरु भएको छ । आजको खेलमा दोस्रो पटक वर्षाले प्रभावित पारेको हो । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले ३५ ओभरमा ६विकेट गुमाएर १५८ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *