वर्षाले प्रभावित नेपाल र भारतको खेल २३ ओभरको हुने, १४५ रनको लक्ष्य

डिसी नेपाल
१८ भदौ २०८० २२:२३

काठमाडौँ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल २३ ओभरमा झरेको छ । वर्षाका कारण अवरुद्ध भएको खेल २३ ओभरको हुने भएको हो । २३ अ‍ोभरमा भारतले १४५ रनको लक्ष्य पाएको छ ।

५० ओभरमा नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।

भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल छ बलमा तीन चौकासहित १२ रनमा क्रिजमा छन् भने रोहित शर्मा सात बलमा एक चौकासहित चार रनमा क्रिजमा रहेका छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *