नेपाल र भारतको खेल चलिरहँदा मैदानमा घन्कियो ‘कुटुमा कुटु सुपारी दाना…’, विराट कोहली नाचे

डिसी नेपाल
१९ भदौ २०८० १२:४९

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले एक्स (पहिलेको ट्वीटर) मा एउटा भिडियो पोस्ट गरेको छ । यो भिडियो हिजो सोमबार नेपाल र भारतबीच एसिया कपको खेल चलिरहँदाको हो ।

यो भिडियोमा मैदानमा फिल्डिङ गरिरहेका भारतीय स्टार खेलाडी विराट कोहली र कप्तान रोहित शर्मालाई देख्न सकिन्छ । यतिबेला नेपालले ब्याटिङ गरिरहेको थियो । नेपाली ब्याटरहरुले केही ठूला सटहरु पनि खेलेका थिए ।

नेपाली खेलाडीहरुले बाउण्ड्री प्रहार गर्दा नेपाली फ्यानहरु उत्साहित थिए । त्यो मौका पारेर श्रीलंकाको केन्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली गीतहरु पनि बजाइएका थिए ।

यही क्रममा एकपटक मैदानमा नेपाली फिल्म २ रुपैयाँको गीत ‘कुटुमा कुटु सुपारी दाना…’ बजाइयो । यो गीत बजेपछि फिल्डिङ गरिरहेका विराट कोहली बाहिर दर्शकदीर्घामा नेपाली फ्यानहरुतिर हेर्दै मैदानमै नाचिरहेको देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *