के भारतले आफ्नो अंग्रेजी नाम फेरेको हो ? जी-२० सम्मेलनमा अंग्रेजीमा पनि ‘भारत’ लेखियो
काठमाडौं । दिल्लीमा भइरहेको जी-२० सम्मेलनमा भारतका प्रधानमन्त्री मोदीले आफ्नो उद्घाटन भाषण दिँदा धेरैको ध्यान उनको टेबलमा राखिएको बोर्डतर्फ खिचिएको थियो।
उनको अगाडि राखिएको बोर्डमा ‘भारत’ लेखिएको थियो । विगतमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको अगाडि ‘इण्डिया’ लेखिएको देख्न पाइन्छ ।
यसैबीच गत वर्ष नोभेम्बर १५ मा इन्डोनेसियाको बालीमा भएको जी–२० देशको सम्मेलनमा प्रधानमन्त्री मोदीको अगाडि राखिएको बोर्डमा ‘इण्डिया’ लेखिएको थियो ।
हालै राष्ट्रपति द्रौपदी मुर्मुले जी–२० सम्मेलनको निमन्त्रणा पत्रमा ‘ईण्डिया’को सट्टा ‘भारत’ लेखेपछि ठूलो विवाद भएको थियो ।
कांग्रेस लगायत अन्य विपक्षी दलहरूले मोदी सरकार देशको नाम ‘ईण्डिया’बाट ‘भारत’ गर्न चाहेको बताएका छन् ।
उनीहरूले विपक्षी गठबन्धनले आफ्नो नाम ‘इण्डिया’ राखेको भन्दै अब भाजपा सरकारले जानाजानी ‘इण्डिया’को सट्टा ‘भारत’ नाम प्रयोग गरिरहेको बताए ।
पीएम मोदीले यस वर्ष जुनमा नयाँ दिल्लीमा १३ औं ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गरे, जसमा उनको अगाडि राखिएको बोर्डमा इण्डिया लेखिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment