जी-२० बैठकमा आउँदा जर्मन चान्सलरले किन आँखा छोपेका थिए ?
काठमाडौं । दिल्लीमा भएको जी २० शिखर सम्मेलनमा विश्वका २० शक्तिशाली राष्ट्रका नेता सहभागी भएका छन् । जसमा जर्मनीका चान्सलर ओलाफ स्कोल्ज पनि पर्छन्, जो शनिबार सम्मेलनको पहिलो दिन आँखामा पट्टी बाँधेर आइपुगेका थिए।
उनले केही दिन अगाडि ट्वीट गर्दै यसको पछाडिको कारणबारे जानकारी दिएका थिए । वास्तवमा, ६५ वर्षीय ओलाफ स्कोल्ज अघिल्लो शनिबार दौडिरहेको बेला उनको अनुहारमा चोट लागेको थियो। चोट लुकाउन उनले आँखामा प्याच लगाएका हुन् ।
सोमबार मिडियालाई सम्बोधन गर्दै उनका प्रवक्ता स्टेफान हेबस्ट्रेटले भने कि स्कोल्जलाई सामान्य चोट लागेको छ र आगामी केही दिनसम्म आँखामा पट्टी लगाउनु पर्ने छ। धेरै वर्षदेखि नियमित धावक रहेका स्कोल्ज चोटका बाबजुद पनि राम्रो लयमा छन् ।
यसअघि, जर्मन चान्सलरले आफ्नो तस्बिर एक्समा सेयर गरेका थिए, जसमा उनले दाहिने आँखामा कालो प्याच लगाएका थिए। वरिपरि चोटका रातो दागहरू देखिन्थे। यो तस्बिरसँगै उनले लेखे, “शुभकामनाको लागि धन्यवाद। यो भन्दा पनि नराम्रो देखिन्छ! मिम्स हेर्न उत्साहित छु।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment