पाकिस्तानले तोर्खाम नाका किन बन्द गर्यो ?
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले हालै पाकिस्तान सरकारको तोर्खाम नाका बन्द गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । अब पाकिस्तानको विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया दिएको छ ।
तालिबान सरकारले अफगानिस्तान–पाकिस्तान सीमामा रहेको तोर्खाम सीमा ‘अनुचित कारणले’ बन्द गर्नु दुई देशबीच हालसम्म भएका सबै सम्झौता विपरीत भएको बताएको थियो ।
यसबारे पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको विदेश मन्त्रालयको भनाइ अचम्मको छ किनकि अन्तरिम अफगानिस्तान सरकारका अधिकारीहरुलाई पाकिस्तान–अफगानिस्तान सीमा तोरखाममा अस्थायी रुपमा बन्द गर्नुको कारण राम्ररी थाहा छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘अन्तरिम अफगान सरकारले आफ्नो भूभागमा कुनै पनि संरचनाको निर्माण पाकिस्तानले स्वीकार गर्न सक्दैन किनकि यो उसको सार्वभौमसत्ताको उल्लङ्घन हो।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment