हिरासतमा रहेका ट्रक चालकलाई बाहिर निकालेर निर्घात कुटपिट
रौतहट। प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ प्रहरी हिरासतवाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो ।
फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भए पछि पक्राउ परेका ट्रक चालकलाइ निर्घात कुटपिट गरिएको हो ।
दुर्घटनामा परी निधन भएका प्रति दुःख व्यक्त सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई बाहिर निकालेर जंगलराजको शैलीमा गरिएको निर्मम कुटपिटको निन्दा गरेका छन्।
उनले सो घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन सहित नेपाल सरकारसंग जोडदार मागसमेत गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment