असोज १६ देखि हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

डिसी नेपाल
३० भदौ २०८० १५:४२
44
Shares

मकवानपुर। हेटौंडामा रू दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो।

पत्रकार सम्मेलनमा कल्बका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका खेलाडीको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विजेतालाई रू दुई लाख एक हजार र उपविजेतालाई रू एक लाख एक हजार नगदसहित पुरस्कार वितरण गरिने छ।

क्लबका अध्यक्ष तितुङले प्रतियोगितामा देशभरका १८–२० क्लबको सहभागिता रहने जनाउँदै खेलका लागि रू १६ लाख खर्च हुने अनुमान गरिएको बताए।

‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने तितुङले बताए।

तीन वर्षअघि स्थापना भएको क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आयोजक आफैंले उपाधि हासिल गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *