बारामा गोली हानेर भारतीय युवकको हत्या

डिसी नेपाल
१० असोज २०८० ८:१३

वीरगञ्ज। बारामा गए राति गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ।

मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाइ बारामा गोली प्रहार गरी हत्या गरिएको हो। उनको हत्या पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको हो।

मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनी माथि गोली चलाएकाे देखिएकाे छ।

यद्यपि मृतकको शव नारायणी अस्पताल वीरगञ्ज ल्याइएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *