जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

डिसी नेपाल
२१ असोज २०८० ८:३०
232
Shares

धनुषा। जनकपुर बिग मार्टमा राति आगलागी भएको छ। बिगमार्टमा गए राति आगलागी हुँदा करोडौंको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो। आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए। उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए।

सञ्चालक रायले भने, “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाैं। मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *