गाजामा अर्काे चरणकाे युद्ध सुरू गरिएकाे इजरायलकाे घाेषणा

डिसी नेपाल
१२ कार्तिक २०८० ७:२४
132
Shares

तेल अविव। इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासका बिचमा जारी युद्ध २३ औं दिनमा पुगेको छ। यसबीचमा भएका आक्रामणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन्।

गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रामण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकासतिनै स्थानवाट आक्रामण गरिरहेको छ।

संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास-इजरायल युद्ध रोक्नका लागि आह्वान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आह्वानलाई अस्वीकार गरेका थिए। उनीहरुले युद्ध जारी राख्ने पक्षमा आफनो मत प्रकट गरेका थिए।

हिजाे मात्रै युद्ध राेक्नका लागि राष्ट्र संघले गरेकाे आह्वानलाई अस्वीकार गर्दै गाजामा इजरायलको युद्ध ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन्।

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन्, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *