धनगढीमा भिषण आगलागी, एक मेडिकलसहित ८ पसलमा क्षति

डिसी नेपाल
२ मंसिर २०८० १०:०५

धनगढी। कैलालीको धनगढीमा गएराति भिषण आगलागी भएको छ । आगलागीबाट एक मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको छ ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको सो आगलागी अहिले पूर्णरुपमा निभाईएको छ, जसका लागि दुई वटा दमकल र सुरक्षाकर्मीको टोली खटिएका थिए । 

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *