नेपाल सुपर लिग : आज चितवन र धनगढी खेल्ने
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
जारी लिगमा आज धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ। आजको खेलमा जित निकाल्दै धनगढी शीर्षस्थानमा उक्लने योजनामा रहँदा चितवन दोस्रो जितको लक्ष्यमा रहने छ।
अहिलेसम्मका चार खेल मध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। यस्तै, चितवन एकमा जित, दुईमा बराबरी र दुईमा हार बेहोर्दै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको ललितपुर सीटी शीर्षस्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment