नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय

डिसी नेपाल
२ पुष २०८० १०:०५
648
Shares

काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ।

यस अघि ६ कन्फेडेरेसनका च्याम्पियन्स लिग विजेताले भाग लिदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप संचालन हुने भएको हो।

फिफाको काउन्सिल बैठकले २०२५ को जुन १५ देखि जुलाई १३ सम्म फिफा क्लब विश्वकपको आयोजना गर्ने निर्णय गरेको हो। यो क्लब विश्वकप अमेरिकामा आयोजना गरिने भएको छ।

त्यसैगरी विश्वकपमा छनौट हुने मापदण्ड पनि फिफाले बनाएको छ। क्लब विश्वकपमा ६ वटै कन्फेडेरेसनका क्लबहरु प्रदर्शन र वरियताको आधारमा छनौट हुने भएका छन्। क्लब विश्वकपमा आयोजक देशको एक क्लबसहित ३२ क्लबले भाग लिने छन्।

जसमा अफ्रिकाबाट चार क्लब, एशियाबाट चार क्लब, युरोपबाट १२ क्लब, उत्तर अमेरिका तथा क्यारेबियनबाट चार क्लब, ओसियानाबाट एक क्लब, दक्षिण अमेरिकाबाट चार क्लबले भाग लिने छन्। साथै एक क्लब आयोजक देशको हुने र त्यसको छनौट प्रक्रिया पछि सार्बजनिक गरिने फिफाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *