भेरोनामाथि इन्टर मिलानको संघर्षपूर्ण जित

डिसी नेपाल
२१ पुष २०८० १९:३३
16
Shares

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले हेल्लास भेरोनामाथि संघर्षपूर्ण जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा इन्टर मिलानले भेरोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

इन्टर मिलानको जितमा लाउतारो मार्टिनेज र डेभिड फ्राट्टेसीले एक एक गोल गरेका थिए।

त्यस्तै भेरोनाका लागि थोमस हेनरीले एक गोल गरेका थिए। भेरोनाले खेलको अन्तिम समयमा पाएको पेनाल्टी मिस गरेपछि खेल बराबरी गर्ने अवसर गुमाएको थियो। यस खेलमा खेलको ९५औं मिनेटमा डार्को लाजोभिकले रातो कार्ड पाएपछि भेरोना १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि इन्टर मिलानले आफ्नो अग्रता बढाएको छ। १९ खेलमा ४८ अंकसहित इन्टर मिलान सिरी ए को शीर्ष स्थानमा रहेको छ। त्यस्तै भेरोनाको १९ खेलमा १४ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *