प्लाष्टिकमा बेरेर सडकमा फालिएको अवस्थामा शव फेला

डिसी नेपाल
२३ पुष २०८० २१:०६
128
Shares

बाजुरा । मार्तडी–कोल्टी सडकमा पर्ने ढम्कनेमा कालो प्लाष्टिकमा बेरेर सडकमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ।

बडीमालिका नगरपालिका–७ ढम्कने राटाको खोला नजिकै सडकमा एक जनाको शव प्लाष्टिकमा बेरेर फालिएको सूचना प्राप्त भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले सडकमा बेवारिसे शव रहेको खबर प्राप्त भएको र प्रहरी घटनास्थलतर्फ परिचालन भएको जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *