सर्बिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै करिब ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुरको कटारी नगरपालिका १ घर भई हाल ललितपुरको च्यासल बस्ने बिकास घले र सञ्जय लामाले टोकियो ओभरसिस कम्पनि दर्ता गरी वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै सरिता घलानबाट ८ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
कुमार र सञ्जयले सरितालाई सर्बिया जान ९ लाख लाग्छ, पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी १ लाख तलव भनेर प्रलोभनमा पारेर पटक–पटक गरी १३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरिका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कुमार र सञ्जय लाई काठमाडौंको महाबौद्ध र सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment