कस्तो रहला आज देशभरको मौसम?
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
उक्त प्रभावका कारण आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आजरातिसम्म कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
केही दिन यता मुलुकभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment